बाँके बैजनाथ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायत फ्रन्टलाईनमा खटिनेलाई यो खोप दिइएको छ । बाँकेमा पहिलो चरणमा कुल लक्ष्यको ९९.३४ प्रतिशत अर्थात चार हजार ९६७ जनालाई भ्याक्सिन लगाइएको छ ।
दोश्रो चरणमा आज मंगलबारदेख सञ्चारकर्मीहरुलाई खोप लगाउन लागिएको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खोपका लागि अनिवार्यरुपमा पत्रकार परिचयपत्र सहित भेरी अस्पतालमा उपस्थित हुन आग्रह गरेका छन् ।