कोहलपुर,बाँके: नेपाली सेनामा भर्ती गराई दिने भन्दै चार लाख रकम लिई फरार रहेका रमेश कुमार थापालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलिको प्रयासले पक्राउ गर्न सफल भएको छ ।
सुमित्रा टमटाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रमेश कुमार थापा भएको ठगी मुद्दामा गत असार १५ गते जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बसपार्कका छोरी बाल कुमारी टमटा र छोरा गोविन्द बिक.लाई जिल्ला दैलेख अन्तर्गत साबिकको बडा भैरव गाविस वडा नं.८ एबं हाल भगवती गाउँपालिका वडा नं.७ तप्लुङ स्थायी घर भएका बर्ष ३० को रमेश कुमार थापाले नेपाली सेनाको सैन्य पदमा भर्ती गराई दिन्छु भनी प्रलोभनमा पारी रु चार लाख रकम लिई ठगी गरी फरार रहेकामा निज प्रतिवादी रमेश कुमार थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते सुर्खेत बिरेन्द्रनगर ११ पिपिराबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जनाएका छन ।
थापालाई सम्मानित बाँके जिल्ला अदालतबाट ७ दिनको हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भईरहेको तिवारीले वताएका छन । साथै ईप्रका कोहलपुरका प्रमुख तिवारीले निज रमेश कुमार थापाले अन्य व्यक्तिहरूलाई समेत नेपाली सेनामा भर्ती गराई दिन्छु भनी रकम लिई ठगी गरेको हुन सक्ने भन्दै पिडित जो कोहिले प्रहरीलाई सुचना दिई अपराध नियन्त्रण गर्न सहयोग गर्न अपिल गरेका छन ।