७ मंसिर २०८१, शुक्रबार

कोहलपुर सडक दुर्घटना प्रकरण: न्याय माग्न धर्ना ! के छ घाईते जुनाको अवस्था (भिडियो)

डाईरेक्टर रेशम रानाको कारण बदनामीको घेरामा शिक्षण अस्पताल कोहलपुर

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तेह्र विगाह चोकमा गत शनिवार सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अवस्था सार्वजनिक गर्न माग गर्दै उनका आफन्तहरुले आज शुक्रवार नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरको मुल गेटमा धर्ना दिएका छन ।

कोहलपुर ११ तेह्र विगाह चोकमा मध्यपश्चिम पानी उद्योगको पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा घाईते भएकी २२ बर्षिय बोहरालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मिलोमतोमा उनलाई बन्धक बनाई कोमामा पुरयाएको भन्दै आफन्तहरुले उनको अवस्था सार्वजनिक गनुपर्ने माग राख्दै धर्नामा वसेका हुन ।

अस्पतालले उपचारको नाममा बिगत ६ दिनदेखि बोहरालाई बन्धक बनाएर राखेको उनीहरुकोको आरोप छ । घटना लगत्तै घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकोमा मध्यपश्चिम पानी उद्योगका संचालन समेत रहेका उक्त अस्पतालका कर्मचारीको दवावमा महिलालाई अस्पतालभित्रै बन्धक बनाईएको पिडित पक्षको आरोप छ ।

घाईते जुना बोहराका दाजु जिवराज बोहराले उपचार गर्दा धेरै खर्च हुने र जिवित भएपछि उनको भरन पोषण गर्नुपर्ने भएकाले त्यहाँ कार्यरत कर्मचारी समेत रहेका मध्यपश्चिम पानी उद्योगका मालिक उदित बाबु रेग्मीको सेटिङमै जुनाको देहलिला समाप्त पार्ने षड्यन्त्र भईरहेको भन्दै उनको अवस्था विलम्ब सार्वजनिक गर्न दवाफ स्वरुप धर्ना कार्यक्रम गरिएको वताए । अब सास होस या लाश केहि नबुझने र बुझनै परे मंगलबार राति अस्पतालको आईसियु कक्षमा के कस्तो चलखेल भयो र को-को आईसियु कक्षमा प्रवेश गरी के-के गरेका थिए त्यसको सिसि टिभि फुटेज सार्वजनिकको माग गर्दै अस्पताल परिसरमा धर्ना बसेको बताए । तर अस्पताल प्रशासनले भने पिडित पक्षसँग सहमति भएपछि मात्र घाईतेको अवस्था बताउने भन्दै बार्गेनिङ गर्न थालेपछि पिडित पक्ष आन्दोलनमा उत्रिएको हो ।

घाईते जुनाको अवस्था मंगलबारसम्म ठिकै थियो । सामान्य रूपमा बोल्दै गरेकी जुनालाई अस्पताल प्रशासनले बुधबार अकस्मात कोमामा पुगेको बताएपछि घटनाले अर्कै रूप लिएको हो । मंगलबारसम्म अस्पतालमै बन्धक बनाएर अन्यत्र रिफर गर्न नमानेको अस्पताल प्रशासनले बुधबार एकाएक भेन्टिलेटर सहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान पिडित पक्षलाई दवाव दिनुले घटना थप शंकास्पद बन्न पुगेको छ ।

यता शिक्षण अस्पताल कोहलपुरका एक कर्मचारीले आफनो नाम उल्लेख नगर्ने शर्तमा अस्पतालका डाईरेक्टर रेशम रानाले नै अहिलेको अवस्था सिर्जना गरेको वताएका छन । उनले नेपाल सरकारले नै ब्यबस्था गरेको मानवको मौलिक हकमा पर्ने स्वास्थ्य जस्तो संबेदनशिल कुरालाई नजर अन्दाज गर्दै यहि उपचार हुने भन्दै नर्सहरुलाई अगाडि पछाडि राखेर उनको शरीरलाई मानव प्रयोगशाला गराएर भयंकर त्रुटि गरेको आरोप लगाएका छन ।

उनले विरामीका आफन्तले जहाँ उपचार गर्न चाहन्छ त्यहाँ लैजान पाउने ब्यबस्था रहेकोमा जुना बोहरा बोल्दा सम्म यहि उपचार हुने वताउदै आएकोमा एकाएक उनको स्वास्थ्य स्थिती बिर्गदै गएपछि कुनै बेला अप्रेसन गर्नुपर्ने त कुनै बेला (लामा गरेर) रिफर गर्ने प्रयास गरेको भएपनि घाईतेका आफन्तहरुले कुनैपनि कुरामा सहमति नजनाएपछि राना अप्ठयारोमा परेको ती कर्मचारी वताउछन ।

अस्पताल भन्दा पनि अस्पतालको एक जिम्मेवार डाईरेक्टरले खेलेको भुमिकाले सिंगो अस्पतालको समेत वदनाम भएकाले सारा घटनाहरुको जिम्मा उनले नै लिनुपर्ने र क्षतिपुर्ति समेत भर्नुपर्ने भन्दै निज कर्मचारीले नाम वताईदिए आफनो जागिर जाने समेत भएकाले आफनो नाम गोप्य राखिदिन न्युज मानसरोवरसंगको कुराकानिमा वताएका छन ।

पिडित पक्षहरुका ब्यक्तिहरुले समेत अहिले घटना टुईस्ट भईसकेको भन्दै डाक्टर रानालाई कडा कारवाहिको आवाज बुलंन्द गर्न लागेका छन । उनले डाक्टर भनेका भगवान हुन तर हामी राक्षसको फेला परेछौं भन्दै जुनाको अवस्था सार्वजनिक नभए सम्म कुनै सम्झौता नहुने समेत जिकिर गरेका छन ।

सिसि टिभि फुटेज हेर्दा समेत विभिन्न आशंकाका काम भएको हेरिरहेको वेला राना आफै आएर तिमिहरुलाई यो हेर्ने अधिकार छैन भन्दै सिसिटिभि फुटेज समेत हेर्न दिएका थिएनन । उपचारका नाममा दादागिरी शैलि अपनाएका राना सेटिगंमै यो केशमा फसेका हुन वा किन रोईस मंगले आफनै ढंगले भएको हो त्यो प्रहरी अनुसन्धानले देखाउदै जाला तर कोहलपुरको चिनारीको रुपमा रहेको शिक्षण अस्पतालको वदनाम गराउने रानालाई अस्पतालले छुट दिएपनि कानुन र जनताले भने छुट दिन सक्ने वाटो बन्दै भई सकेको छ ।

अस्पताल सुत्रका अनुसार घाईते जुनालाई उपचारमा ल्याएपछि उपचारकै क्रममा पिडक पक्षका उदित बावु रेग्मी ( शिक्षण अस्पताल कोहलपुरका कर्मचारी) ले कमाउने गाडि प्रहरी नियन्त्रणमा रहेको भन्दै आषधि समेत आपुर्ति बन्द गरेपछि पिडित पक्षले मानविय संवेदना बमोजिम ईलाका प्रहरी कार्यालय कोहलपुरमा गई विभिन्न सर्तहरु सहित गाडि प्रहरीको नियन्त्रण बाहिर ल्याउन सघाएका थिए । मोवाईल समेत अफ गर्न नपाईने सर्त रहेकोमा गाडि छुटेपछि रेग्मीको मोवाईल अफ भएको थियो र सोहि रातीबाट जुना बेहोसि अवस्थामा पुगेको मात्र नभई भ्यान्टिलेटरमा राखिएको थियो ।

भ्यान्टिलेटरमा राखिसकेपछि उनको वास्तविक अवस्था के हो भन्ने वारे अस्पतालले कुनै आधिकारीक जानकारी दिएको छैन भने केहि चिकित्सकहरुले अवस्था जिरो रहेको वताउदै आएका थिए भने केहिले १ प्रतिशत बताएका थिए ।
आपसि छलफलमा बसेको बेला समेत अस्पतालका एक चिकित्सकले हामी भ्यान्टिलेटरबाट वाहिर निकाल्छौं तर उनको १० मिनेट भित्र मृत्यु हुन्छ भन्दै भ्यान्टिलेटरबाट निकाल्न अघि सहमति गर्न दवाफ दिएका थिए ।

भिडियो

 

र यो पनि

कोहलपुर १३ विगाह चोक सडक दुर्घटना प्रकरण, जिउदो लाशमाथि राजनिती

 

  • २१ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech