कोहलपुर,बाँके: कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आज काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।
कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित संरचना खाली गर्न नगर विकास समितिले पछिल्लोपटक दिएको एक हप्ताको समय आज सकिएको छ । ‘ठीक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन समेत भएको छ, नगर प्रमुख आचार्यले भने–‘तत्काल प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छौं । समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनुभएको छ मेयर आचार्यले भने ।’
अबको केही दिनमा बाँकेले प्रमुख जिल्ला अधिकारी पाउने र अतिक्रमित जमिन खाली गराउने कामलाई निरन्तरता दिने प्रतिवद्धता गृह मन्त्रालयबाट प्राप्त भएको नगर प्रमुख आचार्यले बताए ।
अन्तिम पटक भन्दै कोहलपुर नगरपालिकाको सभा हलमा बसेको सर्वदलिय सर्वपक्षिय भेलामा समेत अनुमोदन भएको सरकारी जग्गा हटाउने मुद्धा नजिकिदै गर्दा जिल्लाको शान्ति सुरक्षा हेर्ने प्रमुख जिल्ला अधिकारी नै कुनै सुचना विना कार्यालय छोडेर जानुले खालि नगर्न नगराउन ठुलै शक्ति केन्द्रले भुमिका खेलेको कोहलपुरवासिहरुले अनुमान गरेका छन ।
सवै दल तथा नागरिकहरु समेत उक्त मुद्धामा एकाकार हुदै गर्दा नगरविकास क्षेत्रका भुमाफिया कै पक्षपोषण हुनेगरि चलखेल हुनुले उक्त जग्गा खालि गराउन कोहलपुर नगरपालिकालाई मात्र फलामको चिउरा चपाउन सरह हुने अनुमान गर्न सकिन्छ ।
शशत्र प्रहरी तथा नेपाल प्रहरीको सहयोग विना उक्त क्षेत्र खालि गर्न कठिन हुने नगर प्रहरीले समेत स्विकार गरिसकेको छ । नगर प्रहरीले सो जग्गा खालि गराउदा रक्तपात हुन सक्ने समेत आशंका गरेको छ । यस अघि अभियान्ताहरुले आन्दोलन गर्न, जग्गा खालि नगर्न र प्रतिकार गर्न एक ब्यक्ति एक लिटर ईन्धन बोक्ने युवा प्रतिकारमा महिला शान्तिपुर्ण आन्दोलनमा जान तयार रहन भनेका थिए । अधिकार प्राप्तिकालागि मर्न मार्न तयार रहने वताएका ती अभियान्ताले मेयर उपमेयरको घरमा आगो लगाएर चौराहमा हिसाव किताव गर्ने समेत वताएका थिए ।
जग्गा खालि गर्ने सुचनाको म्याद गुज्रदै गर्दा बाँके जिल्ला प्रमुख एकाएक जिल्लावाट गाएब हुनु, सर्वदलिय सर्वपक्षिय भेलामा नेकपा माओवादीको उपस्थित नहुनु, प्रमुख जिल्ला अधिकारीले उक्त समयमा मुख नखोल्नु आदि घटनाक्रमले उक्त जग्गा फिर्ता हुने कुरामा ठुलो आशंका उब्जिएको छ ।
रियल अन्तिम वार भुमाफियासँग, नविस कोहलपुरको अतिक्रमित जग्गा फिर्ता हुदै (भिडियो)