कोहलपुर,बाँके: बाल ज्योती सकेण्डरी स्कुल कोहलपुर बाँकेका संस्थापक तथा सञ्चालक स्व. टिकाराम सुवेदीको १४ औं स्मृति दिवसका अवसरमा विद्यालयले विद्यालय प्रांगणमा अभिभावक तथा विद्यार्थी एबं शिक्षक कर्मचारी लक्षित २ दिने बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्व. टिकाराम सुवेदीको स्मृतीमा पुण्य तिथिको पुर्व सन्ध्यामा शनिवार ”अनुज र अग्रज एउटै मञ्चमा” भन्ने नाराका साथ बृहत साहित्यिक कार्यक्रमको आयोजना गरेको विद्यालयले पुण्य तिथिका दिन बैशाख ६ गते देखि आज ७ गते सोमवार विद्यालयमा अध्यन गरि गएका एबं विद्यालयकै प्रोडक्ट डाक्टरहरुको संलग्नतामा बिद्यालय परिवार लक्षित नि:शुल्क रुपमा बृहत स्वास्थ्य शिविर चलाएको हो । शिविर आज सोमवार पनि चल्ने विद्यालयले जनाएको छ ।
२०४७ सालमा स्व. टिकाराम सुवेदीले स्थापना गरेको विद्यालय वाल ज्योतीले उहाँकै स्मृतिमा गरेको स्वास्थ्य शिविरमा पहिलो दिन २ सय पचास जना अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारीहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श एबं निशुल्क औषधि वितरण गरेको छ ।
आर एम हस्पिटल कोहलपुरको ब्यबस्थापनमा विद्यालयको आयोजनामा सञ्चालित उक्त स्वास्थ्य शिविरमा सुगर, प्रेसर, दन्त परिक्षणका साथै छाला रोग सम्वन्धित स्वास्थ्य परीक्षण र परामर्श प्रदान गरिएको विद्यालयका शिक्षक सरोज खत्रिले न्युज मान सरोवरलाई वताएका छन ।
कोहलपुर क्षेत्रका विभिन्न स्वास्थ्य क्षेत्रमा कार्यरत तथा विद्यालयका प्रोडक्ट डाक्टरहरु रमेश पौडेल (छाला तथा यौन रोग),गोविन्द प्रसाद थारु (फिजिसियन), देवेन्द्र आचार्य (फिजिसियन), दिल वहादुर सत्याल (डेन्टल सर्जन), सन्देश पौडेल (फिजिसियन) र निरज काफले (नेत्र बिशेषज्ञ) हरुले स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।
”हाम्रो विद्यार्थी हाम्रो शान,शिक्षाको लगानि स्वास्थ्यमा योगदान” भन्ने मुल नाराकासाथ आयोजित उक्त बृहत स्वास्थ्य शिविरमा २ सय पचास जनाको स्वास्थ्य परिक्षणका क्रममा १० जनामा हाई प्रेसर देखिएकाले उनीहरुलाई प्रेसर नियन्त्रण, प्रेसरबाट वच्ने उपायहरुकावारे सम्बन्धि परामर्श समेत प्रदान गरिएको विद्यालयका सहायक प्रिन्सिपल चिरिञ्जिवी सुवेदीले वताए ।
विद्यार्थीहरुलाई दन्त रोग र नेत्र रोगसंग सम्वन्धित परामर्श तथा परिक्षण दिईएको उक्त स्वास्थ्य शिविरमा गर्मिको मौसममा हुने छाला रोगसंग सम्बन्धित फोका,डावर आउने समस्या एबं चिलाउने समस्या तथा अन्य गर्मिका कारण हुने एर्लजिका बिषयमा समेत परामर्श तथा परिक्षण गरिएको र उक्त सेवा आज सोमवार पनि रहने विद्यालयले जनाएको छ ।
यसैगरि फिजिसियनहरुको टोलीले गर्मि तथा बर्षाको समयमा झाडा -पखाला, आउ ,मासि जस्ता समस्याहरु आउनुका साथै गर्मिको मौसममा आँखा पाक्ने समस्या र लु वाट वच्न अपनाउन पर्ने सावधानिका विषयमा समेत परामर्श गरिएको थियो । शिविर आज पनि चल्ने छ ।
र यो पनि