८ मंसिर २०८१, शनिबार

नेपालगन्जमा छाडा चौपायालाई रिफ्लेक्टर स्टिकर

आइतबार मात्र २५ चौपायको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिए

  • न्युज मानसराेवर

बाँके :सबै जसो शहरी क्षेत्रको लागि छाडा चौपाया टाउको दुखाइको विषय भएको छ । स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा व्यवस्थापनको लागि सकस हुने गरेको छ। चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन ।

दिउसमा मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेको छ । त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–६ र ४ स्थित सडकमा भेटिने छाडा चौपायलाई समाएर वडा प्रहरी कार्यालय नेपालगन्ज र अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राबाट खटिएको संयुक्त टोलीले रिफ्लेक्टर स्टिकर टाँसेको हो ।

ल्कने रिफ्लेक्टर स्टिकरले रातको समयमा सडकमा चौपाय रहेको थाहा दिने हुनाले दुर्घटना कम हुने वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । उनले भने, तर छाडा गाइबस्तुलाई स्टिकर लगाउन सहज भने छैन। ‘हाम्रो प्रयास छाडा चौपाय जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखे गाइहरुले झम्टिन खोज्छन्।’ निरीक्षक बमले भने ‘त्यसैले सिभिल ड्रेसमा गएर फकाइ फकाई लगाइदिनुपर्ने हुन्छ ।’ आइतबार मात्र २५ चौपायको घाँटीमा रिफ्लेक्टर स्टिकर टाँसिएको प्रहरीले जनाएको छ ।

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech