९ मंसिर २०८१, आईतवार

प्रगतिशिल व्यवसायी प्यानलको रणनैतिक कार्ययोजनाकासाथ प्रचार प्रसार

प्रत्यासिहरुलाई कुनैपनि आरोप नलगाएरै रणनैतिक रुपले चुनावमा विजय हासिल गर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: आसन्न उद्योग वाणिज्य संगको निर्वाचनकालागि प्रगतिशिल व्यवसायी प्यानलले आफनो प्रचार प्रसारलाई रणनैतिक कार्ययोजनाकासाथ अगाडि वढाएको छ । प्यानलका तर्फवाट उम्मेद्धार रहेकी अञ्जना धितालले प्रत्यासिहरुलाई कुनैपनि आरोप नलगाएरै रणनैतिक रुपले चुनावमा विजय हासिल गर्नेगरि अगाडि वढिरहेको वताएकीछिन ।

चुनावी प्रचारमा व्यस्त रहेको धितालको प्यानलले कोहलपुर नगरपालिकाको चौराहदेखि डायनामिक स्कुल पुर्वलाईन र पश्चिम लाईनका सवै घरहरुमा घरदैलो गर्दै आफना एजेण्डा र भावि बाणिज्य संघमा आफना उम्मेदवार विजय भएमा गर्ने कार्यहरुको फेहरिहिस्त व्रिफिङ गरेका छन । भोलि शनिवार समेत कोहलपुरको मुटु मानिने साझाचोक, एनटिभिरोड,रेडक्रसमार्ग, उज्यालो वजार, एकतानगर, विद्युतरोडहुदै त्रिभुवन मावि कोहलपुरसम्म प्रचार प्रसार गर्ने खाका तयार पारिएको निर्वाचन प्रचार प्रसार समितिका संयोजक कुस्माखर वस्यालले न्युज मानसरोवरलाई वताए ।

कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनका लागि प्रचारमा युद्धस्तरमालागेको प्रगतिशिल व्यवसायी प्यानलले ‘अरुलाई हेर्यौ पटक पटक, महिला नेतृत्वलाई हेरौ यस पटक’ भन्दै आक्रामकरुपमा प्रचार प्रसारमा लागेको छ । एनटिभिचोक नजिकै सचिवालय स्थापना गरि उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको प्यानलले आफना मतदाता, सर्मथक, शुभचिन्तकहरुमाझ १५ बुदे प्रतिवद्धता पत्रकासाथ प्रचार प्रसारलाई तिब्र पारेको हो ।

धितालले नेतृत्व गरेको प्रगतीसिल व्यवसायी प्यानलवाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले ,उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी,बस्तुगत उपाध्यक्षमा रुपक भुजेल,महासचिवमा दिपक अर्याल, उप-महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह-कोषाध्यक्षमा टंक प्रसाद खनालले उमेदवारी दर्ता गरेका छन भने सदस्यहरुमा ,अंकित सिग्देल ,एक बहादुर खड्का ,कृष्ण रानाभाट खगेन्द्र ब शाही , ढक बहादुर थारु ,परिवर्तन बिस्वकर्मा ,भानुराज उपाध्याय ,मोती प्रसाद सबेदी ,रबि प्रसाद कर्माचार्य ,राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता के सी प्रतिभा खड्का , तथा एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन।

यस्ता छन प्रगतिशिल व्यवसायीहरुका प्रतिवद्धता जस्ताको तस्तै

१. साबिक मध्यपश्चिम विकास क्षेत्रको विकासउन्मुख शहर बाँके जिल्लाको त्यो गौरवपुर्ण इतिहासलाई शिरमा राखि उद्योग,व्यापार व्यवसायहरुको प्रबद्र्धन गर्नेछौं ।

२. कोहलपुर उद्योग बाणिज्य संघको मुल नेतृत्व महिला इतिहासका रुपमा दर्ज भए महिला सशक्तिकरणका लागि वडा वडामा महिला व्यापारी व्यवसायी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै स्वरोजगारमुलक तालिम प्रदान गर्नेछौं ।

३. कोहलपुर उद्योग बाणिज्य संघको पहलकदमीमा “म मेरै शहरमा खरिदविक्री गर्छु शहरको बजार प्रबद्र्धनमा योगदान गर्नेछुु” भन्ने अभियान चलाउनेछौं ।

४.कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने । ५. भन्सार लाई सुदृढ बनाई कर छली लाई निरुत्साहित गर्न सम्वन्धित निकायसंग सहकार्य गर्नेछौं ।

६.उद्योगी,व्यापारी लाई व्यवसाय बृद्धि गर्न वा बैंक र व्यापार व्यवसायी विचको सम्बन्ध समयसापेक्षिक बनाउन अन्तरकृया,छलफलहरु चलाउने छौं ।
७. कोहलपुर नगर शिक्षा सँगको सहकार्यमा शिक्षाका क्षेत्रमा योगदान गर्नुकासाथै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।

८. नगरपालिकालाई हरित नगरपालिकाका रुपमा अघि बढाउन बृक्षारोपण कार्यलाई व्यापक गर्ने, संरक्षण र प्रर्बद्धन गर्न एक्यबद्धता जनाउने

९.कोहलपुर नगरपालिकाको फोहोरलाई मोहोर बनाउन नगर सरकारको समन्वयमा स्वच्छ स्वस्थ नगरपालिका बनाउन काम गर्नेछौं ।

१०.घरभाडालाई समयसापेक्षिक बनाउन सम्वन्धित निकायसंग छलफल गर्नेछौं ।

११.मल विउ माथि सरकारले सृजना गरेको सिन्डिकेट अन्त्य गर्दे व्यापार व्यवसायीले पनि बजारमा सहभागी हुन पाउने अवस्थाका लागि पहल गर्नेछौं ।

१२.कोहलपुर उद्योग बाणिज्य संघको पहलकदमीमा शुरु भएको एनटिभि रोडमा रहेको कृषि हाटबजार अविलम्ब संचालनमा ल्याउनेछौं ।

१३.होटल व्यवसायी लाई प्रबद्र्धन गर्न रात्रीकालिन बजार ,सडक प्रदर्शनी र खेलकुद तथा संघसंस्थाका कार्यक्रमहरु कोहलपुरमा गर्न गराउन पहल गर्नेछौं ।

१५.व्यवस्थित यातायात बजार र स्वच्छ प्रतिस्पर्धाका लागि सरोकारवाला निकायहरुका वीच सहजीकरण गर्नेछौं ।

उद्योग वाणिज्य संघ कोहलपुरको नेतृत्व अव महिलाको काँधमा !

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech