२७ आश्विन २०८१, आईतवार

उद्योग वाणिज्य संघ कोहलपुरको नेतृत्व अव महिलाको काँधमा !
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:प्राय हाम्रो समाज अझै परिवर्तन भएको छैन भन्दा अतिसयोक्ति नहोला । देशमा ठुला ठुला परिवर्तन भएपनि केहि बाध्यात्मक परिस्थिती वाहेक महिलाहरुलाई कार्यकारी तहमा जान अघोषित बन्देज गर्दै आएको यो समाजले आसन्न कोहलपुर बाणिज्य संघको नेतृत्व लिने आँट र जोशले चुनावी मैदानमा होमिएकी अन्जना धिताललाई के अध्यक्ष पदमा विजयी वनाउला यतिवेला चोक चौतारा र चिया पसलहरुमा यस्ता गफहरु हुनेगरेका छन । कार्तिक ३ गते हुने निर्वाचनको कार्यतालिका वमोजिम अन्जना धितालको नेतृत्वमा प्रगतिशिल प्यानलको नाम घोषणा गरिसकिएको छ भने आज असोज १४ गते लोकतान्त्रिक समावेशी व्यवसायी समुहले पनि संभवत परदिप भट्टराईको नेतृत्वमा उक्त प्यानलको नाम घोषणा गर्दैछ ।

त्यसो त हाम्रै समाजले महिलाहरुलाई नेतृत्व दिनुपर्छ, अवसर पाए महिलाले पारदर्सि, चुस्तदुरुस्त काम गछर्न भन्दै वेला वेला भन्ने गरेको सुनिदै आएको छ तर अवसर र स्थान पाएपछि एक महिला हस्ताक्ष्रलाई यहि समाजले कत्तिको सहयोग र सर्पोट गर्ने हो त्यो समयले नै वताउला । प्रतिस्पर्धि जतिसुकै वलिया हुन या कमजोर त्यो कुराले यहाँनेर महत्व राख्दैन महत्व राख्छ कि अवको उद्योग वाणिज्य संघको नेतृत्व महिलालाई दिने या नदिने भन्ने । अहिले सम्म पुरुषहरुमात्र अध्यक्ष भएको उद्योग बाणिज्य संघ कोहलपुरमा कतिपय व्यापारी र व्यवसायीहरु यसपालि महिलाले नै वाणिज्य संघको नेतृत्व गर्नपर्छ भन्ने मान्यता राख्दछन ।

धितालले दिने नेतृत्व बोल्ड नै हुने धेरैको आकलन छ तर चुनाव हो एकले जिते अर्कोले हार्न नै पर्दछ । दुवैले नहार्ने भए त सहमतिको नेतृत्व चयन हुने थियो केहि व्यवसायीहरु भन्छन ।

२०५५ सालदेखि कोहलपुरमा गुरु टेर्डस एण्ड सप्लायर्स नामक हार्डवेयर पसल सञ्चालन गर्दै आएकी अन्जना धितालको जन्म वुवा डिल्लिराम धिताल र आमा राधा धितालको कोखवाट झापा जिल्लामा भएको हो । दमक नगरपालिकामा रहेको हिमालयन माविवाट हाईस्कुल सम्मको शिक्षा लिएकी धितालले भेरी प्राविधिक शिक्षालय नेपालगञ्जवाट ईलेक्ट्रिक सव ओभरसियर सम्मको अध्यन गरेको वताउँछिन ।

गाउँ, समाज र विभिन्न सामाजिक कार्यक्रमहरुमा आफुलाई अनिवार्य उपस्थिती गराउने अन्जना धिताल विद्यार्थीफाँटको राजनिती, महिलाफाँटको राजनितीमा क्रियाशिल रहदै अनेमसंघको केन्द्रिय सदस्य तथा बााके ईन्चार्ज समेत भएर काम गरेको अनुभव सुनाउँछिन । हाल नेकपा एमाले कोहलपुर नगर कमिटिको निर्वाचित उपसचिव समेत रहेकी धिताल तमाम व्यापारी, व्यवसायीहरुको हकहित र उनीहरुको अधिकारका निम्ति बुलंद आवाज वोकेर लडने मनसायले आफु कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका निम्ति चुनावी मैदानमा उत्रिएको जिकिर गर्छिन ।

कोरनाकाल पश्चात अधिकासं व्यवसायीहरु पलाएन हुनुपरेको, कतिले भाडा समेत तिर्न नसकिरहेको अवस्थामा पनि व्यवसायीहरुको पक्षमा खरो भएर आवाज ब्लंद गर्दै उनीहरुको हकहित संरक्षण नहुदा व्यवसायीहरु थप प्रताडनमा परेको तितो अनुभव संगालेकी अन्जना धितालले तीनै तहका सरकारसंग व्यावसायी र व्यापारीहरुको हितमा नितिगत कुराहरुमा होस या राजनैतिक कुराहरुमा होस निरन्तर खवरदारी गर्ने गरे आफु चुनावमा होमिएको वताउँछिन ।
व्यवसायीहरुका पक्षमा कर छुट, घरभाडा छुट, विभिन्न खाले झैझमेलावाट उन्मुत्ति दिन आफुले उम्मेवदारी घोषणा गरेको वताउदै धितालले पटक पटक पुरुषहरुको नेतृत्व हेरेको कोहलपुरे व्यवसायी र व्यपारीहरुलाई यसपालि महिलाको नेतृत्वमा उद्योग वाणिज्य संघ हेर्न भन्दै आफुलाई मतदान गर्न समेत आग्रह गरेकी छिन ।

 

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech