१० असार २०८२, मंगलवार

बाँकेमा एक महिनामा दुई सय ट्राफिक सचेतना कार्यक्रम
  • न्युज मानसराेवर

नेपालगन्ज:  चाडपर्वको बेलामा सडक दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि सुरु गरेको ट्राफिक नियम सचेतना अभियान अन्तर्गत एक महिनामा दुई सय सचेतनाका कार्यक्रम गरेको छ।

चाडपर्व सुरु हुनुभन्दा पहिलेबाटै जिल्लामा ट्राफिक नियम सचेतना अभियान सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार असोजमा मात्रै करिब दुई सय वटा सचेतना कार्यक्रम गरिएको छ।उहाँले कात्तिक महिनाको हालसम्म पनि १३० सचेतना कार्यक्रम गरिसकिएको बताउनुभयो।

बाँके जिल्लामा पर्ने विभिन्न प्रमुख राजमार्ग र नेपालगन्ज, कोहलपुर जस्ता ठुला सहरी क्षेत्रमा निरन्तर ट्राफिक नियम सचेतना कार्यक्रम सञ्चालन गरिंदै आएकोले धेरै चालकले सवारी साधन चलाउँदा नियम पालना गर्न थालेकोले दुर्घटना न्यूनीकरण हुँदै गएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पन्तले बताउनुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका बढी सवारी साधन चल्ने राजमार्ग र विभिन्न स्थानमा दैनिक दसभन्दा बढी स्थानमा ट्राफिक नियम सचेतनासम्बन्धी कार्यक्रम गरेर चालकलाई नियम बारे सचेत गरिएको छ।

  • १७ कार्तिक २०८१, शनिबार प्रकाशित

  • Nabintech