२० पुष २०८१, शनिबार

शिक्षा तथा मानव श्रोत विभागले सम्पन्न गर्यो सुझाव संकलन

संसदमा प्रस्तुत विधेयकमा शिक्षकहरुको सम्मान र उनीहरुको अधिकार सुनिश्चित गर्न आग्रह

  • न्युज मानसराेवर

कोहलपुर: नेकपा एमालेको शिक्षा तथा मानव श्रोत विभागले कोहलपुरमा बृह्त अन्तरक्रिया तथा सुझाव संकलन गरेको छ । शिक्षा तथा मानव श्रोत विभागको आयोजनमा जिल्लाका सरोकारवाला विच संसदमा प्रस्तुत गरिएको शिक्षा विधेयक माथी आवश्यक सुझाव संकलन गरेको हो । आवश्यक सुझाव संकलनमा धारण राख्दै डाक्टर पूर्ण शाहीले शिक्षकहरुमा एकरुपता ल्याउन आग्रह गरे ।

उनले विद्यमान अवस्थामा १७ प्रकारका शिक्षकहरु रहेको औल्याउदै त्यसको व्यवस्थापन गरिनु पर्ने बताए । उनले ४२ हजार ३ सय ७८को संख्यामा राहतका शिक्षक रहेको बताउदै राहत विपतमा हुने कुरा शिक्षा जस्तो क्षेत्रमा राहत भन्ने हुन नहुने बताए । त्यसै गरी प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम रावतले संसदमा प्रस्तुत गरिएको शिक्षा ऐनमा ८ वटा बुंदामा फरक मत राखिएको बताए ।

उनले संस्थागत विद्यालयको सम्पतिको सुरक्षा सरकारले गरिदिनु पर्ने बताए । उनले सरकारको तिन खम्बे नीति अनुसरण गर्नु पर्ने बताए ।
त्यसै गरी कार्यक्रममा आफ्ना सुझाव राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय उप महासचिव एक देव पन्थीले राज्यले शिक्षकहरुलाई गर्ने विभेदको अत्य गर्नु पर्ने बताए । उनले नेपाल राष्ट्रिय शिक्षक संगठनको अगुवाई गरिएको आन्दोलन तथा सरकार पक्ष विच भएको संझौताको कार्यान्वय शिक्षा ऐनमा आउनु पर्ने आफुहरुको माग रहेको बताए ।

उनले संसदमा प्रस्तुत विधेयकमा शिक्षकहरुको सम्मान र उनीहरुको अधिकार सुनिश्चित गर्न आग्रह समेत गरे । कार्यक्रममा बोल्दै प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष विद्यमान राजभण्डारीले गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रहेका बताउदै अहिलेका कानूनले विद्यालय प्रशासन तथा विद्याथीहरुको गुणस्तर माथी प्रश्न उठिरहेको औल्याए ।

उनले भने पहिला विद्यालय प्रशासन र विद्यार्थीहरुका डर हुने कारणले राम्रो प्रतिफल आउने बताउदै अहिले आएका विभिन्न कानूनले शिक्षाका क्षेत्रमा समेत समस्या ल्याएको औल्याएका थिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष निरक गुरुङले नेकपा एमालेले जिल्लामा सबै वडा स्तरमा संगठन मजबुद्ध बनाउन संगठन निमार्ण गरिरहेको बताए ।

उनले नेकपा एमालेका २० वटा विभागहरुले विभिन्न कार्यक्रमा मार्फत जिल्लाका समस्याहरुको पैचान र त्यसका समाधानहरुमा क्रियाशिल रहेको औल्याए । गुरुङले त्यसको पछिल्लो उदाहरण शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको पैचान गरी केन्द्रिय स्तर थथा संघिय सांसद मार्फत सरकुलर गर्न शिक्षा तथा मानव श्रोत विभागले यो अन्तरक्रिया तथा सुझाव संकलन गरिएको बताए ।

कार्यक्रमा बोल्दै संविधान सभा सदस्य तथा केन्द्रिय सल्लाहकार परिषद् सदस्य दल बहादुर सुनारले तत्काल प्रस्तुत विधेयक कानूनका रुपमा कार्यान्वयमा ल्याउन हिउदे अधिवेशनमा शिक्षा विधेयक पास गर्न पहल गरिनु पर्ने बताए । उनले नेकपा एमालेका श्रदय अध्यक्ष ज्यू प्रधामन्त्री तथा शिक्षा मन्त्रि समेत एमालेको नै रहेका बेला करिब ५३ वर्ष पछि ल्याएको शिक्षा विधेयक ऐनका रुपमा ल्याउन पहल गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमा बोल्दै संविधासभा सदस्य तथा केन्द्रिय अनुशासन आयोग सदस्य देवराज भारले ऐनका रुपमा आउन लागेको शिक्षा विधेयकमा सबै शिक्षक संगठनहरुको माग बमोजिम नै ल्याउन संसदमा अझै संशोधनका प्रक्रिया जारी रहेको बताए । उनले अब तत्काल प्रक्रिया अगाडी बढ्नेमा विश्वास समेत ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले बोल्दै सरकारको प्रमुख उदेश्य नै हाल देखिएका   गर्न तर्फ केन्द्रित रहेको बताए । उनले सरकारले जग नै ब्यवस्था माथीको अवस्थामा परिवर्तन गर्न केन्द्रित रहेको औल्याए । उनले अब छिटै संसदमा ३ विधेयक कानूनका रुपमा कार्यान्वयमा आउन लागेको समेत उल्लेख गरे ।  उनले हिउदे अधिवेशन बाट विधुत , निजामति विधेयकहरु कानूनका रुपमा ल्याउने तयारी गरिहेको बताए । सांसद ढकालले यहाँका सुझावहरुलाई ग्रहण गर्दै संसदमा यहाँका आवज उठान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन।कार्यक्रमको आयोजनाको औचित्य प्रकाशन गर्दै विभागका प्रमुख सुर्य रोकायाले पार्टीको नीति अनुसार विभागले शिक्षा क्षेत्रका समस्याहरुको अभिलेखिकरण गर्न तथा पार्टीका गतिविधहरुमा आम वौद्धिक वर्गहरुको सहभागिता मार्फत पार्टीका गतिविधिमा क्रियाशिलता हुन विभागले कार्यक्रम गरेको बताए । रोकायाले केन्द्रिय शिक्षा विभाग प्रमुख पार्वति गुरुङ ज्यूको सरकुलर अनुसार जिल्लाका बौद्धिक वर्ग तथा आम शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको पैचान गरी पार्टीले आफ्नो धारणा मार्फत शिक्षा विधेयक मा आवश्यक थप संशोधन प्रक्रिया अगाडी बढ्ने उल्लेख गरेका छन।नेकपा एमाले निकट जिल्लाका सरकारी तथा संस्थागत संगठनका करिब ६० जनाको सहभागिता रहेको थियो ।

  • १५ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech