बाँके । कोहलपुरमा नेकपा एमाले जरा अभियान अन्तगर्त पार्टीको मौर्चाको बैठक सम्पन्न गरेको छ ।
कोहलपुर नगरपालिका भित्र रहेका १४ वटा जनबर्गिय संगठनहरूको संयुक्त बैठक आज नेकपा एमालले सम्पन्न गरेको हो ।जरा अभियानलाई सफल बनाउन सबै क्रियाशिल हुन आवश्यक रहेको प्रमुख अथिति बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले बताएका छन।
ढकालले जनताको बहुदलीय जनवाद (जबज) समृद्ध नेपालको एक मात्र विकल्प भएको बताए । उनले जरा अभियान मार्फत आम नागरिकहरुलाई नेकपा एमालेले राष्ट्र र राष्ट्रियताका निम्ति विभिन्न कालखण्डमा खेलेको भूमिका बारे आम नागरिक समक्ष पुग्न आवश्यक रहेको बताए ।
बैठकमा गोपाल गिरी ,बसन्ती अधिकारी ,भगवती बराल, निर्मला सुनार, मिनबहादुर मल्ल ,कुलबहादुर भट्टराई ,हेम कुमार राउत लगाएतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए।मौर्चाको बैठकको अध्यक्षता नेकपा एमाले मोर्चा प्रमुख दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा गरिएको थियो ।
बैठकले सदस्यता नवीकरण नयाँ सदस्यता वितरण वडा कमिटीहरूको निर्माण तथा बैठक र यही २४ गते हुन गइरहेको २०४९ सालदेखि ७९ सालसम्म नेकपा एमालेको तर्फबाट उठाइएका उम्मेदवारहरूको अभिमुखीकरण गर्ने लगाएत निर्णय समेत गरेको छ ।