कोहलपुर \लुम्बिनी,कर्णाली सुदूरपश्चिम प्रदेशको मुख्य ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा रहेको कोहलपुर चौराहको सार्वजनिक धारा हराएको छ ।
यात्रुहरुले बिश्राम लिने, राजनीतिक दलले आभसभा विरोधसभा गर्ने साझा थलोको रुपमा रहेको कोहलपुर चौराहामा रहेको सार्वजनिक धारा हराएको हो । उक्त सार्वजनिक धारा २०६७ माघ २५ गते कोहलपुर–३ का स्वर्गीय श्यामबाबु सापकोटाको स्मृतिमा निर्माण गरिएको थियो ।
रुपैया हुनेहरुका लागि त ठिकै हो तर पैसा नभएकाहरुका निम्ति सार्वजनिक धाराको पानीले प्यास मेटाउने गरेको थियो अहिले छैन स्थानीय रामकिसोर थारुले बताए । पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ। व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ।
दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन्। व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ कोहलपुरमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन। प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम २० रूपैयाँ खर्च गर्नुपर्छ।
क्याफेमा २५ देखि ५० सम्म तिर्नु बाध्यता बनेको छ ।
दिनानुदिन गर्मी बढ्दै छ। सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ। स्थानीय सरकार कोहलपुर नगरपालिकाले यस सम्बन्धमा ध्यान दिन जरुरी छ । यस सम्बन्धमा कोहलपुर वडा नं.११ का वडा अध्यक्ष कल्पना अधिकारीले चौराहमा रहेका धारा सुकेको बताइन।उनले स्थानीय सरकारले यस्ता खानेपानीका सार्वजनिक धाराहरुको पैहिचान गरी संरक्षण गर्ने नीति लिएको समेत उल्लेख गरिन ।