काेहलपुर । बाँके क्षेत्र नं.१ (ख) निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३० दिने सिलाई कटाई तालिम शुरू गरिएकाे छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेकाे आयाेजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रकाे समन्वयमा उक्त ३० लिने तालिम शुरू गरिएकाे हाे । तालिममा ३० जना काेहलपुर १ देखि १५ वडाका महिलाहरूकाे छनाेट गरिएको छ ।
याे प्रारम्भिक तालिम हाे” याे तालिम प्रश्चात फेरि स्तर उन्नति तर्फ समेत आवश्यक बजेटकाे व्यवस्थापन गर्ने लुम्बिनी प्रदेश सांसद दुर्गा चाैधरीले बताए ।
हाम्रो काम कानून निर्माण गर्ने हाे।”तर जनताका माग लुम्बिनी प्रदेश सरकारसँग पुर्याउने काम गरेका हाैँ। “यहाँ तालिममा सहभागी सबैले ईमान्दार भएर सीप सिक्नुहाेला अर्का वर्ष तपाईंहरूलाई स्तर उन्नत हुने गरि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने छु ।” सांसद चाैधरीले भने । कार्यक्रम संचालन घरेलुु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुष्कर सिहले गरेका थिए ।