२ जेष्ठ २०८२, बिहीबार

लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक आज बस्दै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ ।प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार सम्भावित कार्यसूची अन्तरगत बैठकमा तीन मुख्य विषयहरू तय गरिएको छ ।

आजको बैठकमा एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने कार्यसूचीमा समावेश गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

  • २ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech