४ कार्तिक २०८२, सोमबार

इतिहास नै राष्ट्रको आत्मा होःसुर्य ढकाल
  • सुर्य ढकाल

२३ र २४ गतेको आन्दोलनले राष्ट्रको आत्मामाथि आगो झोसेको छ।सामाजिक सञ्जाल सञ्चालन गर्न पाउनुपर्ने,भ्रष्टाचार सुशासन र दिगो विकासको को माग लिएर शान्तिपूर्ण ढंगले माइतीघर मण्डलामा जम्मा भएका युवाहरू एभरेस्ट होटेलसम्म पुग्ने बेलासम्म आन्दोलन शान्तिपूर्णै थियो। जब आन्दोलनमा टिओबि लेखेका टिसर्ट लगाएर आएका व्यक्तिहरूले आन्दोलनलाई मुडभेड आग्जनी, तोडफोडमामा रूपान्तरण गरे निर्दोष विद्यार्थीहरूलाई एम्बुलेन्समा आएर हत्या गर्ने काम गरे र मासलाई भिडमा रुपान्तरित गर्ने र उद्दलित गर्ने काम गरे।

वास्तविक ज्यानजीहरूलाई हाइज्याक गरेको कुरा जेन्जिहरुले नै बताइरहेका छन्। जिन्जी आन्दोलनपछि राष्ट्र चक्रव्युमा फसेको छ। देशको अर्थतन्त्र कोबामा पुगेको छ सुरक्षा संयन्त्र कमजोर तथानेपालको सुरक्षा संयन्त्रलाई कमजोर पार्न खोजिएको छ । जनतामा निराशा बढ्दै गइरहेको छ समाजमा अराजकता उदण्डता साथै नेपाललाई जातीय र क्षेत्रीय दण्डमा फसाउन लामो प्रयास भएको छ। त्यसका बावजुद पनि केही प्रश्नहरू र केही आशंकाहरु केही अशुभ संकेतहरू देखिन थालेका छन्।

जन्जी आन्दोलनपछि सत्ता सञ्चालनका मूलधारमा रहेका ठूला पार्टीहरू किनारामा ,सदनमा रहेका सडकमा र घरमा रहेकाहरू डेरामा जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ। त्यसका बावजुद पनि फेरि एकपटक नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको बारेमा बहसहरु सतहमा आएका छन्। २००७ साल, २०१७ साल, २०४६ साल र र ६२/ ६३ मा उर्लेको जनसागरले यस्तै आगो लगाउँदै हिँडेको भए देश उहिले खरानी भइसकेको हुँदो रहेछ। त्यसबेलाका आन्दोलनकारी हामी सहित सबैलाई बधाई छ। हामीले देशको इतिहासमाथि आगो लगाउने तोडफोड गर्ने काम गरेनौ ।खुला र बहुलवादी समाजमा हरेक विचारहरू प्रकट हुन पाउनुपर्छ विचारले सत्य र तथ्यलाई अगाल्न सके मात्र ती सही हुन्छन्।

अन्यथा एउटा कोराबोद्धिक बहस मात्र भन्न पुग्छन्। हरेक नयाँ पुस्ताले आफ्नो भूगोल र संस्कृतिप्रति गर्व गर्नुपर्छ। सही ढंगले इतिहासलाई बुझ्नु पर्छ। हामी मार्क्सवादका विद्यार्थी हुनाको नाताले इतिहासलाई पढ्ने र बुझ्ने हाम्रो आफ्नै प्रणाली र विज्ञान छ। त्यो हो ऐतिहासिक भौतिकवाद। यसको मार्गदर्शनमा नै हामीले इतिहासको सही विश्लेषण गर्न सक्छौं। यही अध्ययन प्राणीबाट नै तथ्यहरूको नजिक पुग्न सकिन्छ। अध्ययनलाई सामान्यबाट विशिष्टीकरण गर्न सकिन्छ। त्यसैबाट सिद्धान्त निर्माण हुन्छ।

हाम्रा पुर्खाहरूले बलिदान गरेर निर्माण गरेको हाम्रो राष्ट्र फेरि एकपटक धर्मराउन थालेको छ। विदेशी तत्त्वहरू यो त्यो नामबाट विभिन्न बहाना गर्दै नेपालको सार्वभौम सार्वभौम सत्ता भौगोलिक अखण्डतामाथि आँच आउने काम गर्न खोजिरहेका छन्। नेपाली समाजमा देखिएको निराशा र कुण्ठालाई माध्यम बनाएर राष्ट्रियतामाथि प्रहार गर्न खोजिएको छ। राष्ट्रियताको विषय र राष्ट्रियताको मुद्दा उठाएको कारणले चौतर्पी केपी ओली र नेकपा एमालेमाथि प्रहार गरिएको छ। एमालेलाई कमजोर गराइयो भने नेपालको राष्ट्रियता कमजोर बनाउन सकिन्छ लोकतन्त्र कमजोर बनाउन सकिन्छ र मानव अधिकारका मूल्य र मान्यताहरुलाई कमजोर गराउन सकिन्छ भन्ने मान्यताबाट परिचालित भएको देखिन्छ।

नेपाल समाजशास्त्र र मानवशास्त्रका शोधकर्ताका लागि खुला विश्वविद्यालय, हो । धर्म जाति भाषा र संस्कृतिको विविधताले नेपाललाई एउटा सुन्दर फुलबारीको रुपमा स्थापित गरेको छ। हाम्रो भौगोलिक विविधताले नेपाललाई सुन्दर बनाएको छ। दुनियालाई अचमित बनाएको छ। विविधबीचको हाम्रो एकता देखेर कतिपय शक्तिहरू ईर्ष्यालु बन्न पुगेका छन्। कसैकसैलाई जलन जस्तै भएको छ तिनीहरु हरेक दाउ र शक्तिको प्रयोग गरेर हाम्रो एकतालाई तोड्न चाहन्छ। भौगोलिक एकतालाई कमजोर बनाउन चाहन्छन् हाम्रा पुर्खाहरूको रगत र पसिना र मेहनतबाट निर्माण भएको नेपाल राष्ट्रलाई हामी कुनै पनि हालतमा बर्बाद हुन दिँदैनौं।

सिंगो नेपाली जाति सामान्य र सहकार्यबाट अगाडि बढ्नेछ। सम्भावनाको रुपमा परिचालित गरिनेछ। नेपाल बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक र भौगोलिक विविधतायुक्त भएको देश हो। राष्ट्र रहे पार्टी रहन्छ पार्टी रहे लोकतन्त्र रहन्छ। लोकतन्त्र रहे जनअधिकार बहाली
हुन सक्छ। अनि मात्र सही अर्थमा सामाजिक आर्थिक राजनीतिक अधिकारको प्रयोग हुनसक्छ। राष्ट्रलाई सङ्कट परेको बेला राष्ट्रवादी शक्तिहरू एक हुन आवश्यक छ। त्यसको नेतृत्व नेकपा एमालेले गर्नुपर्छ। नेपाल साझा मनोविज्ञान भएको राष्ट्र हो। साझा भूगोल साझा भाषा साझा तन्त्र साझा मनोविज्ञान र साझा अन्तर्राष्ट्रिय सम्बन्धले नेपाललाई एक राष्ट्रको रुपमा स्थापित गरेको छ। राष्ट्रलाई जोड्ने यी आधारहरू हजारौं वर्षको सामाजिक सङ्घर्षबाट निर्माण भएका हुन्।

सह अस्तित्व सहकार्यको हाम्रो जीवन पद्धतिले अरु हजारौं वर्षसम्म नेपाललाई एक राष्ट्र र एक नेपाली राष्ट्रियताको अभिमानलाई जीवित बनाइरहनेछ। यही असोज २९ ३० र ३१ गते नेकपा एमाले केन्द्रीय कमिटीको दशौ बैठकले भएका कमजोरीलाई महसुस गरि पुन गल्ती नदोहोर्‍याउने । राष्ट्रियता , संविधान र लोकतन्त्र रक्षाको लागि सबै बामलाेकतान्त्रिक, गणतन्त्रवादी तथा देशभक्त शक्ति संग सहकार्य गर्ने र देशलाई संबैधानिक बाटोमा फर्काउन जनपरिचालन र कानुनी दुबै तरिकालाई अबलम्बन गर्ने निष्कर्ष निकालेर एकताको सन्देश दिएको छ ।
एमालेबाट बाहिरिएका व्यक्ति र शक्तिलाई ससम्मान पार्टीमा फर्काउने नि्र्णय गरेको छ ।

धेरै ठूलो संकटमा जाँन लागेको देश जोगाउनका लागि संकिर्णस्वार्थमा अल्झनु मुर्खता हुन्छ । केही व्यक्तिहरू पार्टीमा विवाद खडा गरेर स्वार्थका रोटी सेक्ने काममा अहिले पनि तल्लीन नै रहेको देखिदैछ । यसो गरिनु हुदैन । कमरेड अध्यक्षले पार्टीका समस्या समाधान गर्ने बचनबद्वता व्यक्त गर्नु भएको छ । इतिहास कुनै पनि राष्ट्रको आत्मा हो त्यो केवल अतितका घटनाहरूको संग्रह मात्र होइन त्यो भविष्य निर्माण गर्ने आदरशिला पनि हो । २४ गतेको आग्जनी लुटपाट चोरी अपहरण का घटनाहरुले हाम्रो समाज राज्य र जनताको चेतनाको अवस्था र यात्राको दिशा स्पष्ट पार्छ। नेपाल जस्तो बहुजातीय बहुसांस्कृतिक राजनीतिक रुपमा उत्तर चढावयुक्त मुलुकमा राष्ट्रियता संविधान र लोकतन्त्रको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा मूलत राष्ट्रवादी शक्तिहरूले लिनुपर्छ । लेखक ढकाल नेकपा एमालेका केन्द्रिय सदस्य हुन। 

  • ४ कार्तिक २०८२, सोमबार प्रकाशित

  • Nabintech