बाँके बैजनाथ।बाँकेको बैजनाथ र कोहलपुर क्षेत्रमा कार्यरत्त पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कोरना संक्रमण फैलिदै गर्दा पत्रकार सुरक्षित भएर समाचार संकलन मा सहज हुने विश्वासले स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले जानकारी गराए ।
स्वास्थ्य सामाग्री हस्तान्तरणमा प्रेस चौतारीमा आवद्ध नेता रुद्ध सुवेदी , विष्णु वेलवासे, गजेन्द्र गुरुङ लगाएतको सहभागिता रहेको थियो ।
स्वास्थ्य सामाग्री कोहलपुर र बैजनाथ कार्य क्षेत्रमा आवद्ध ३७ जना पत्रकारलाई माक्स , सेन्टाइजर उपलब्ध गराइएको छ, भने स्वास्थ्य सामाग्री अभाव भएको खण्डमा सम्पर्क गर्न अध्यक्ष हेमन्त विक आग्रह गरेका छन् ।