बाँके।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ७७८ जना संक्रमण मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ। हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमण मुक्त भएका छन् भने ९ हजार ७५८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।