१४ बैशाख २०८१, शुक्रबार

बैजनाथमा आहरा खोज्दै बुकुल्ला झुन्ड

यो प्रजाति अस्ट्रेलियाको उत्तरी क्षेत्रमा भएको आधुनिकिकरण, प्रदुषण र वनजङ्गलको विनाशका कारण सङ्कटमा परेको छ।

  • रबि रोकाया

बैजनाथ बाँके ।  बाँकेको  बैजनाथ गाउँपालिका  वडा न ५ स्थित एच गाउँ  नजिकै आफ्नो आहराको खोजि गर्दै धानको बालीमा देखिएका सेतो बकुल्लाको झुन्डलाई हामीले लामो समय सम्म यसलाई आफ्नो दृश्यमा कैद गर्न खोन्यौ र यि सेतोबकुल बारे  केही जानकारी लिने प्रयास गरेका छौँ । 

मुख्यतय   सेतोबकुल्ला एक मझौला खालको बकुल्ला हो र यो सानो सेतोबकुल्ला भन्दा ठूलो र ठूलो सेतोबकुल्ला भन्दा सानो हुन्छ। बकुल्लाको प्वाँख र सबै शरीर सेतो हुन्छ भने प्रजननका बेलामा यसको चमक अझै बढ्छ। यो पङ्क्षी ५६–७२ सेमी ९२२–२८ इन्च० अग्लो हुन्छ भने यसको एक पखेटा देखि अर्को पखेटाको लम्बाई १०५–११५ सेमी ९४१–४५ इन्च० हुन्छ। यस पङ्क्षीको तौल ४०० ग्रा ९१४ औंस  हुन्छ। यस चराको सबै ज्यान सेतो, खैरो खुट्टा र मोटो बाक्लो पहेँलो चुच्चो हुन्छ। प्रजनन गर्ने चराहरूको भने हल्का कालो चुच्चो र महिलो पहेँलो खुट्टा हुन्छ। यस प्रजातिका पङ्क्षीहरूको भाले र पोथी लगभग एकै प्रकारका हुन्छन् । पछिल्लो पटक  बालबालिकाहरुले गुलेलेका माध्यमबाट यिनीहरुको शिकार गर्ने र मासु खाने चलनले विस्तारै लोप हुने अवस्थामा रहेका यि बुकुल्लाहरु मानिसमा चेतनाको अभावमा यसलाई खेतीबालीबाट धपाउने गर्दछन् तर बकु्ल्लाले खेतीबालि क्षति गर्ने  भन्दा पनि खेतिबालिमा लागेका किराहरु र गिलो माटो भित्र रहेका माछाको सिकार गर्ने गर्दछ । 

 

वितरण र बासस्थान यस प्रजातिका बकुल्ला विश्वमा प्रशस्त मात्रामा पाइन्छन्। यस पङ्क्षी मुख्यतया सफा पानीको वरिपरिको नदि, ताल, पोखरी र तटीय क्षेत्रमा पाइन्छन्। यो पङ्क्षी कहिलेकाँही धान रोपेको ठाउँमा पनि माछा खानका लागि लामो समयसम्म एकै ठाउँमा बस्ने गर्छ। यो प्रजातिको पंक्षी तटीय क्षेत्रमा कम बसोबास गर्ने भएता पनि कहिलेकाँही यो पंक्षी समुन्द्री किनार, समुन्द्री जलधार र म्याङग्रुफको जङ्गलमा पनि देखा पर्छ।

आहारा  यो पङ्क्षीले तटीय क्षेत्र र सफा पानी भएको क्षेत्रमा उसको सिकारलाई थाहा नपाइकन पिछा गर्छ र राम्रो मौका पाउने बित्तिकै हमला गर्छ र त्यसलाई मार्ने गर्छ। यस पङ्क्षीले साना माछा, चेपाकाँडा, भ्यागुता र किराहरू खाने गर्छ। यसले अग्लो रुखको टुप्पोमा बकुल्ला जातिको अन्य चराले गुण बनाउने ठाउँको वरिपरिको क्षेत्रमा गुण बनाउँछ। यस प्रजातिको पोथीले ५ वटा अण्डा पार्ने गर्छ।

खतराहरू  यो प्रजातिको बकुल्ला विश्व भरि प्रशस्त मात्रामा पाइन्छ त्यसैले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिका सूचीकृत गरेको छ। यो पङ्क्षी मानव जातिसँग निकै डराउन र मानवको आवतजावत भएको स्थानमा नबस्ने भएकाले केही स्थानमा यो प्रजाति फेला परेका छैनन्।

जापनमा सन् १९६० को दशक पछि यो प्रजाति त्यहाँ अत्याधिक प्रदुषण र गुण बनाउने उपयुक्त ठाउँ नभएकाले बिस्तारै हराउँदै गएका छन्। यो प्रजाति अस्ट्रेलियाको उत्तरी क्षेत्रमा भएको आधुनिकिकरण, प्रदुषण र वनजङ्गलको विनाशका कारण सङ्कटमा परेको छ। मझौला सेतोबकुल्लालाई नाइजेरियामा औषधी बनाउनका लागि अवैध चोरी सिकारी गरिएको पाइएको छ।

स्थित  सेतोबकुल्लालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ  ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech