२४ बैशाख २०८१, सोमबार

वाइवाइ चाउचाउलाई दुई लाख जरिवाना
  • न्युज मानसराेवर

बाँके\काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपक्षी विभागले जरिवाना गराएको हो।

बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ को दफा २९ को खण्ड ‘घ’बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’बमोजिम जरिवाना गरेको हो। कम्पनीलाई सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech