१६ चैत्र २०८०, शुक्रबार

भेरीको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालद्वारा बिहीवार जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ४४ र अन्य जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ सय ९१ को नमुना परीक्षण गरिएको थियो ।       भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६ सय ९ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ३ सय ९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech