१२ बैशाख २०८१, बुधबार

बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा बैजनाथमा सुरु

बैदेशिक रोजगारमा जानु भन्दा पहीले निश्चित प्रक्रीयाहरुका बारेमा बुझ्नुपर्ने र मनोसामाजिक परामर्श समेत लिनु पर्नेअध्यक्ष रुचाल

  • न्युज मानसराेवर

बाँके बैजनाथ \ सुरक्षित आप्रवासन परियोजना सामी बैदेशिक रोजगारमा रहेका परिवारका लागि बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा बैजनाथ गाउँपालिकामा संचालन गरिएको छ ।

सामी परियोजना नेपाल सरकार र स्वीस बीच भएको सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको समन्वय सन्चालन गरिएको हो । कार्यक्रम   सन्चालनका लागि प्राबिधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

सामी परियोजना अन्र्तगत ५ ओेटा आधारमा (कम्पोनेट) बित्तीय साक्षरता सगै बैदेशिक रोजगारमा रहेका घरपरिवारका सदस्यहरुलाई बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन हुने छ । बित्तीय पहुच नभएका समुदायका बिपन्न दलित महीलाहरुलाई लक्षित गरेर कार्यक्रम सन्चालन गरिएको सामी परियोजना डिप्रोक्स नेपालका क्षेत्रीय संयोजक बिरेन्द्र धामीले सामी परियोजनाको औचित्य प्रकाशन गरे ।

 

सामी परियोजना ३९ जिल्लामा सन्चालन छ भने बाँके जिल्लाका ४ ओटा स्थानिय तह नेपालगन्ज उपमहानगरपालिका , खजुरा गाउँपालिका , कोहलपुर नगरपालिका , र बैजनाथ गाउपालिकामा सामी परियोजनाले बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सन्चालन गदैछ सहजीकरण संस्था इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले स्वागत मन्तव्यमा जानकारी गराए ।

महिलाहरुलाई  बित्तीय रुपमा सवल बनाउनका लागि कार्यक्रम सन्चालन गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भने । बैदेशिक रोजगारमा जानु भन्दा पहीले निश्चित प्रक्रीयाहरुका बारेमा बुझ्नुपर्ने र मनोसामाजिक परामर्श समेत लिनु पर्ने उनले भने ।  बैदेशिक रोजगारमा गएका व्यक्तिलाई एउटा काम भनेर अर्को काममा लगाएको भए पनि सुरक्षित आप्रवासन रिपोर्ट दर्ता  गर्न सकीने आधार तयार हुने अध्यक्ष रुचालले भने ।

बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सबैको महत्वपुर्ण सहभागिता रहने अपेक्षा गाउँपालिकाले लिएको समेत उनले भने ।

कार्यक्रममा बैजनाथ गाउपालिका वडा न ५ का वडा अध्यक्ष मान बहादुर खत्रीले आफ्नो वडामा सामी परियोजना संचालन हुनु र यहाका जनताहरुलाई विशेष राहत हुने विश्वास व्यक्त गरे । खत्रीले सामी परियोजनाले रेमिटेन्स्लाई सदुप्रयोग गर्ने आधार तयार हुने आफुले विश्वास गरेको बताए ।

कार्यक्रमा निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य , वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यहरु स्थानीय समाजसेवि जय बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech