१४ बैशाख २०८१, शुक्रबार

थप २२०६ जना कोरोना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पछिल्लो २४ घण्टामा नेपालमा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

आज १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा  १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech