८ बैशाख २०८१, शनिबार

गैरेलाई मानवअधिकार पुरस्कार
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राष्ट्रिय मानवअधिकार आयोगले यस बर्षको ‘मानव अधिकार पुरस्कार’ दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको  आयोगले मानव अधिकार पुरस्कार गैरेलाई दिने निर्णय गरेको हो ।पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक गैरे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।   पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याएको भन्दै पत्रकार गैरेलाई पुरस्कृत  लागिएको बताइएको छ ।

यसै गरी आयोगले यस वर्षको ‘दयाराम स्मृति मानव अधिकार सम्मान’ मानव अधिकारकर्मी डा. रेणु अधिकारी दिने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मानव अधिकारको क्षेत्रमा उहाँहरुले पु¥याउनुभएको योगदानलाई उच्च सम्मानका साथ आगामि दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास राख्दै आयोग सम्मानित मानव अधिकार रक्षकद्वय डा. रेणु अधिकारी र झलक गैरेलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।’ तस्विर साभार पत्रकार झलक गैरको फेसबुक बाट 

  • २५ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech