८ बैशाख २०८१, शनिबार

बाँकेका १० सहित १६ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भेरीको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको विवरणअनुसार बर्दियाका ८० वर्षीय बृद्धसहित १६ जनामा कोरोना पुष्टि भएको हो ।

बर्दियाका ५, दाङका १ र बाँकेका १० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म ५१ हजार ६ सय ८१ जनाको परीक्षण गर्दा ४ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech