१६ चैत्र २०८०, शुक्रबार

२४ घण्टामा बाँकेका ३ सहित देशभर १० को कोरोना संक्रमणबाट मृत्यु

बाँकेका २ पुरुष र १ महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

  • न्युज मानसराेवर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २ पुरुष र १ महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यसैगरी काठमाण्डौंका २ पुरुष, १ महिला, मोरङ, सर्लाही, महोत्तरी र चितवनका १/१ जना गरी देशभर १० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिए । संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech