८ बैशाख २०८१, शनिबार

दाङ राजधानी सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस

राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो ।

  • न्युज मानसराेवर

बुटवल — प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके  मसालजुलुस निकालेको छ ।रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले अन्तर्घाती नेकपा मुर्दावाद राजधानी रुपन्देही कायम गर, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर  राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो । कांग्रस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए । कान्पिुरमा प्रकाशित

 

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech