१४ बैशाख २०८१, शुक्रबार

बाँकेबाट एक जना डाक्टरसहित १८ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।

केमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय २ पुगेको छ

  • न्युज मानसराेवर

जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेबाट वेस्टर्न अस्पताल नेपालगन्जमा कार्यरत डाक्टर राहुल थापासहित ८ महिला र १० पुरुष गरी १८ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज ४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १३ सहित ४ सय २७ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ३६ रहेको छ भने २० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय २ पुगेको छ ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech