१४ बैशाख २०८१, शुक्रबार

केसीको माग पुरा गराउन बाँकेमा अनसन

दबाब समुहका संयोजक एव अभिवक्ता विश्वजित तिवारी, बल बहादुर चन्द, जगदम्बा पाठक, पत्रकार जयसिंह केसी, युवा नेता तथा व्यापारी ललित रौनियार र शिक्षक कृष्णदेबी पाण्डे अनसनमा बस्नुभएको छ

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  डा.गोबिन्द केसीको माग तत्काल सम्बोधन गर्न नागरिक स्तरबाट दबाव शुरु गरिएको छ । यसअघिघ बिभिन्न समयमा डा।केसीसंग वार्ता गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउँदै आएका बाँकेका नागरिकले अब माग सम्बोधनका लागि दबाव शुरु गरेका हुन । उनीहरुले दबाब स्वारुप शुक्रबारदे रिले अनसन शुरु गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन ९अनिश्चितका लीन० शुरु गरेका हुन ।

दबाब समुहका संयोजक एव अभिवक्ता विश्वजित तिवारी, बल बहादुर चन्द, जगदम्बा पाठक, पत्रकार जयसिंह केसी, युवा नेता तथा व्यापारी ललित रौनियार र शिक्षक कृष्णदेबी पाण्डे अनसनमा बस्नुभएको छ । डा.केसीले उठाएको ६ बुंदे माग तत्काल पुरा गर्नुपर्ने भन्दै पत्रकार केसीले अहिले जताजतै माफियाहरुकै बोलबाला रहेको सम्पूर्ण जनता यो आन्दोलनमा अब सहभागि हुनुपर्ने बताउनुभयो । उहाँले डा।केसीले राखेको माग सबै जनताको हितका लागि भएकाले अब जनता नै उठ्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

स्वास्थ्य, शिक्षा र सुशासनको बिषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा।के।सीले गत २७ दिन अघि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमान्डौको त्रिभुवन यूनिभर्सिटी, टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बस्नु भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको र कुनै पनि बेला हृदयघात हुन सक्ने डाक्टरहरुले बताएका छन ।

सत्याग्राही डा। गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम तय गरिएको छ । दबाब कार्यक्रम अन्तर्गत २३ गते शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । त्यस्तै सोही दिन साँझ ५ बजे विपी चोकमा दबाब कार्यक्रम गरिएको छ भने असोज २४ गते शनिबारदेखि रिले अनसन शुरु गरिएको दबाब समूहका संयोजक तिवारीले जानकारी दिनुभयो ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech