१४ बैशाख २०८१, शुक्रबार

‘अमर प्रहरी’लाई स्मरण गर्यो बाँके प्रहरीले

बिभिन्न समयमा ज्यान गुमाउने प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै सहिद स्मारकमा माल्यापण गरिएको थियो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ,बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जिल्लालाई अपराध र तस्करी मुक्त जिल्ला बनाईने  प्रतिबद्धता जनाएका छन् ।
६५ औ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्वाङले पछिल्लो समय जिल्लामा तस्कर नियन्त्रण र अपराधीहरु धमाधम पक्राउ पर्दै गएको समेत दाबि गरे ।

उनले पछल्लो समय भन्सार चुहावट नियन्त्रणमा प्रहरी लागि परेको भन्दै न्यून श्रोत साधनमा पनि बाँके प्रहरिले रिजल्ट दिने गरी काम गरि रहेको भन्दै प्रहरीको प्रशंसा समेत गरे ।

कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले जनताको सेवा र अपराध नियन्त्रण प्रहरीको प्राथमिकता भएको बताए । उनले न्यून श्रोत साधान र जनशक्तिको अभावका बिच प्रहरीहरुले जनताको जिउ धनको सुरक्षाको काम गरिरहेको बताए ।

उनिले युग सुहाउदो नेपाल प्रहरी बनाउनका लागि प्रहरीलाई प्रबिधीकरण तर्फ लैजानु पर्नेमा जोड दिएका थिए । बाँके प्रहरी तस्करी नियन्त्रण , अपराध र अपराधीलाई नियन्त्रण तथा लागु औषध नियन्त्रणलाई मुख्य लक्ष्य बनाएर अगाडी बढि रहेको धारणा राखे ।

कार्यक्रममा बिभिन्न समयमा ज्यान गुमाउने प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै सहिद स्मारकमा माल्यापण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेमा पहिलो पटक प्रहरी दिवसको आयोजना गरि अमर सहिद परिवारलाई सम्मान गरेको भन्दै उनिहरुले बाँके जिल्ला प्रहरी प्रमुखलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा अमर सहिद परिवारका तर्फबाट एक माया बिक लगायतले बर्तमान बाँके प्रहरी नेतृत्वले अमर प्रहरी र पुर्व प्रहरीका घर परिवारसंग नियमीत अन्तरक्रिया गर्ने गरेको भन्दै धन्यवाद दिएकी थिइन ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech