१४ बैशाख २०८१, शुक्रबार

एमाले स्वास्थ्य विभागद्धारा २ सय ८१ जनाको निःशुल्क स्वास्थ्य जाँच
  • न्युज मानसराेवर

बाँके। नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेद्धारा २ सय ८१ जनाको निःशुल्क स्वास्थ्य जाँच गरीएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटिको १७ औं पुर्णबैठकमा सहभागीहरुमध्य ७०जनाको सुगर जाँच गरीयो भने १सय ८१जनाको व्लड प्रेसर जाँच, इन्फारेट थरोमिटरगनबाट ज्वरो नाप लगायतका जाँचका साथै बैठकमा सहभागीहरुलाइ माक्क,सेनिटाइजर वितरण गरीएको स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलले जानकारी गराईन।

स्वास्थ्य तथा जनसंख्या विभाग सल्लाहकार समितिका संयोजक रामबहादुर चन्दले कोरोना भाइरसको अवस्थालाइ मध्यनजर गरेर सामाजिक दुरी कामय राख्दै हेल्थ डेक्सको आयोजना गरीएको जानकारी गराएका छन।  स्वास्थ्य तथा जनसंख्या विभागका सचिव सुमन गिरीले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेद्धारा महिलाहरुको महानचाड हरितालिका तिजको अबसरमा स्वास्थ्यकर्मी महिलाहरुलाइ समेटेर तिजको दर खाने कार्यक्रम गर्ने,३वटा निर्वाचन क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने,स्वास्थ्य सेवामा खटीएका डाक्टरहरुलाइ समेटेर डाक्टर एसोसियसन गठन गर्ने, भेरी हस्पीटल र मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुलाइ समेटेर भेला तथा प्रशिक्षण संचालन गर्ने योजना रहेको जानकारी बताइएको छ।

स्वास्थ्य तथा जनसंरख्या विभागको कार्यसमितिमा सह–इन्चार्ज अनिता थापा,सचिव सुमन गिरी र सदस्यहरुमा खड्क रोका, प्रकाश गौतम, भरत गुराथोकी, मनकुमारी सिलवाल, तरेन्द्र थापा, लक्ष्मी क्षेत्री रहेका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटिको १७ औं बैठकमा सुर्य ढकाल अध्यक्ष र नेकपा स्थाइ कमिटि सदस्य तथा प्रमुख अथिति लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्रि शंकर पोखरेल, अनेमसंघका केन्द्रिय सचिव सुजिता शाक्य लगायतको सहभागीता रहेको थियो । बैठकमा ६वटा समुह बनाएर पार्टीका गतिविधि र विधान संशोधनमा सुझाव संकलन गरीएको थियो ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech