१२ श्रावण २०८१, शनिबार

कोरोनाबाट भेरी अस्पतालमा दुई महिलाको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर। कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा थप दुईजनाको मृत्यु भएको छ । कोरोनाबाट बर्दिया र कैलालीकी महिलाको मृत्यु भएको हो ।

मधुवन नगरपालिका–४ बर्दियाकी ७० वर्षीया महिलाको सोमवार राती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण गर्दा ती महिलालाई कोभिड पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो । त्यस्तै भजनी नगरपालिका–६ कैलालीकी ५२ वर्षीया महिलाको ७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोभिड पुष्टि भएको थियो ।

उनलाई त्यसैदिन भेरीमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको सोमवार राती ८ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech