काेहलपुर/नेपाली काँग्रेसको १४ औं महाधिवेशको मिति नजिकिदै गर्दा पार्टीका वडातहबाट उम्मेद्वारी घोषणा गर्ने कार्य सुरु भएको छ ।
नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं। १० को वडा सभापतिका लागि सन्तोष पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् । वडा सचिव समेत रहेका पौडेलले सामिजिक सञ्जाल माफर्त अनौपचारिक रुपमा वडा सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
पार्टीको नीति,बिचार र सिद्धान्तलाई जनताका बिचमा लिएर पार्टीलाई बलियो र अग्रगामि बनाउनका लागि आफुले सभापतिमा उम्मेद्वारी दिएको बताएका छन्।
काँग्रेसका यूवा नेता समेत रहेका पौडेलले पार्टी भित्रका देखिएका समस्या समाधान गर्ने बताएका छन् । पार्टीका क्रियाशिल सदस्यहरुलाई मतदान गरी बिजय गराईदिन अनुरोध समेत गरेका छन् ।