१२ श्रावण २०८१, शनिबार

बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

कल्पना थापा मगरको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन

  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
प्रथम साधारण सभा बाट कल्पना थापा मगरको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ ।

सहकारी संस्थाका लेखा समिति लली बुढाको संयोजकत्वमा ३ सदस्य समिति चएन गरएको छ भने संस्थाको अनुगमन समितिमा उषा थापा मगरको संयोजकत्वमा ९ सदस्य समिति चयन भएको छ । यसै गरी समितको सल्लाहकार समितिमा खगीसरा सुनारको संयोजकत्वमा ५ सदस्य समिति चयन गरिएको छ ।

संस्थाको उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा रेग्मी विक वडा अध्यक्ष काली बहादुर सिह लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको कार्यालय उद्घाटन गरिएको थियो । कार्यालय संचालन गर्नाका लागि बैजनाथ गाउँपालिका कार्यालयले निशुल्क रुपमा उपलब्ध गराएको छ ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech