११ बैशाख २०८१, मंगलवार

बैजनाथमा महिलाहरुले उपहार गरे समुहमा २सय ५० बाख्रा
  • चादँनी थापा मगर

बाँके बैजनाथ।बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अंतर्गत आर्थिक वर्ष २०७८।७९को शुरुवाति चरणमा २४ वटा बाख्रा उपहार गरिएको छ ।

गत आर्थिक २०७५।०७६ बाट संचालन गरिएको साना किसान उद्यमी सुदृढिकरण परियोजना का लागि गाउँपालिका बाट ८२ वटा समुहहरुमा आर्थिक वर्ष २०७७।०७८ सम्म ७ सय ५० वटा बाख्रा,खोर निमार्ण १ सय ४८ खोर सुधार ,घाँसहरु उपहार गरिएको थियो ।

गाउँपालिकाले समुहमा उपहार गरिएका बाख्रा हाल समुहहरु उपहार गर्ने क्रम जारी रहेको छ । हाल सम्म परियोजना अंतर्गत निमार्ण भएका समुहहरुले २ सय ५० वटा बाख्रा उपहार गरिसकेका छन ‘। भने अरु उपहार हुने क्रममा रहेका छन । परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराए ।

हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा परियोजना बैजनाथमा संचालित छ ।
गत आर्थिक वर्ष २०७५।०७६।देखी०७७।०७८ सम्ममा परियोजनाले प्रत्यक्ष २ हजार घरधुरी परिवार मा काम गरेको थियो।गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९। ०७९।०८० सम्मका लागि थप १६ सय ५० घर दुरीमा परियोजना विस्तार गरिएको छ ।

समुहमा आवद्ध महिलाहरुले उत्पादन गरेका बस्तुको बजारीकरण गर्नाका लागि परियोजनामा आवद्ध महिलाहरुको हेफर मोडेलको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना गरिएको छ ।

हाल सहकारीमा १५ सय महिलाहरुले शेयर सदस्य लिएका छन।

  • ७ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech