१२ श्रावण २०८१, शनिबार

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थपियो
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन फिर्ताका लागि समय थप भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि डेढ घण्टा समय थप गरेको हो ।

 

यसअघि ११ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय छुट्ट्याइएकोमा अब मध्याह्न साढे १२ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

त्यसपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । मतदान भने भोलि बिहान ८ बजेबाट हुने कार्यतालिका छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech