१५ चैत्र २०८०, बिहीबार

बाँकेमा सोमवार ४ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५४ जनाको नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ जनाको नमुना जाँच्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कोहलपुर मेडिकल कलेजमा १३ जना र बागेश्वरी ल्यावमा १६ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७६ पुगेको छ ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech