१२ श्रावण २०८१, शनिबार

बलात्कारको आरोपमा प्रिन्सिपल हिक्मत रावल पक्राउ, प्रहरीद्वारा घटना लुकाउने प्रयास
  • न्युज मानसराेवर

बाँके\ बाँके प्रहरीले एउटा बलात्कारको घटना लुकाउन खोजेको छ । नेपालगन्जका एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफूलाई बलात्कार गरेको भन्दै छात्राको उजुरीमा ती प्रिन्सिपल पक्राउ परेको घटना बाँके प्रहरीले लुकाउन खोजेको हो ।

कपडाको एउटा धोती समात्दा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने बाँके प्रहरीले यति ठूलो बलात्कारको घटना भने गुपचुप राखिरहेकोछ । नेपालगन्ज कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावलले छात्रालाई बलात्कार गरेको लिखित जाहेरीमा उल्लेख छ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech