१२ श्रावण २०८१, शनिबार

आड्रा नेपाल द्धारा बैजनाथ गाउँपालिका लाई प्रस्तुति गृहको भवन हस्तान्तरण
  • न्युज मानसराेवर

बैजनाथ \ जापना सरकारको आर्थिक सहयोगमा आड्रा नेपालको तथा इन्रुडेक बाँक प्राविधिक सहयोगमा संचालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तगत निमार्ण तथा स्तरोन्नती गरिएका स्वास्थ्य कार्यालय उद्घाटन तथा  हस्तान्तरण गरिएको छ ।परियोजनाले बैजनाथ गाउँपालिका वडा न.१ चिसापानीमा प्रस्तुति गृह, शौचालय निमार्ण वाइरिङ रङरोगन गरी कुल ७ (बरन्डा) सहितको भवन निमार्ण बैजनाथ गाउँपालिका अध्यक्ष  मान बहादुर रुचालले  उद्घाटन गरे । यसै गरी कार्यक्रममा निमार्णधि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम स्वागत मतव्य राख्दै स्थानीय साझेदार संस्था इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले गैर सरकारी संस्थाहरुले संचालन गरेका परियोजनाहरुको समय अवधि निश्चित  हुने हुँदा निमार्ण कार्य सम्पन्न पछि यसको सम्पूर्ण जिम्मा संरक्षण गर्नाका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा जापान आड्रा प्रतिनिधि तथा परियोजना व्यवस्थापक युका ओनिसीले आफु विगत ३ वर्ष देखी बाँके जिल्लामा परियोजनामा आवद्ध रहेर काम गर्दै आइरहेको बताइन। उनले परियोजना सफल बनाउन स्थानीय सरकार र साझेदार संस्थाको योगदान प्रति आफु कृतज्ञ रहेको बताइन।हस्तान्तरण कार्यक्रममा आड्रा नेपालका लेखा प्रशासन तथा निर्देशक दिपा श्रेष्ठले सामान्य औषधी नपाएर आमा र बच्चाको मृत्यु आफुले देखेको बताउदै निमार्णधीन प्रस्तुति गृहले स्थानीय स्तरमा रहेका समुदाय जो आमा बन्दै हुनुहन्छ? उहाँहरुलाई विशेष सहयोग पुग्ने आशा लिएको बताइन। श्रेष्ठले परियोजनाको सानो सहयोगमा निमार्ण कार्य सम्पन्न गरेका छौँ। यसको विशेष सहयोग स्थानीय सरकार र स्थानीय साझेदार संस्था इन्रुडेक बाँके प्रति धन्यवाद व्यक्त गरिन ।

उनले अब स्थानीय दिदी बहिनीहरु प्रस्तुति गृहमा नै आमा बन्नका लागि स्थानीय सरकारले प्रोत्साहन स्वरु विभिन्न कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको औल्याएकी थिइन।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आड्रा जापान सरकार आड्रा नेपाल र स्थानीय संस्था इन्रुडेक लाई धन्यवाद दिए । उनले स्थानीय सरकारले मातृ शिशु मृत्यु दर न्यूनिकरण गर्नाका लागि स्थानीय स्वास्थ्य संस्था प्रस्तुति गृहमा बच्चा जन्म भएको खण्डमा  प्रोत्साहन स्वरुप यातायात बापत एक हजार उपलब्ध गराउने निर्णय गराइएको कार्यक्रममा जानकारी गराए ।

रुचालले मातृ मृत्यु दर न्यूनिकरण गर्नाका लागि स्थानीय सरकारले प्रत्यक वडाहरुमा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरी सेवा विस्तार गरेको बताउदै ‘ एम्बुलेन्स खरिद गर्नाका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको समेत जानकारी गराए ।
कार्यक्रमम आड्रा नेपाल निर्देशक तथा लेखा प्रशासन प्रमुख दिपा श्रेष्ठले स्वास्थ्य कार्यालयमा निमार्णधीन भवनहरु बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुृर रुचालाई हस्तान्तरण कदरपत्र बुझाएकी थिइन।

यसै गरी भवनहरुको संरक्षण गर्नाका लागि बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले वडा न १ का अध्यक्ष लाई हस्तान्तरण कदरपत्र हस्तान्तरण गरेका थिए।कार्यक्रमम बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक गाउँपालिका ईन्जिनियर धमेन्द्र आचार्य ,स्थानीय राजनितिक दल समाजसेवि महिला स्वास्थ्यसेविका लगाएतको सहभागिता रहेको थियो ।

यसै गरी  परियोजनाले बैजनाथ गाउँपालिका वडा न ५ बनकटुवा प्राथमिक स्वास्य चौकी स्तरउन्नती सम्पन्न गरी आजै उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।

गाउँपालिकालाई आड्रा नेपाल निर्देशक तथा लेखा प्रशासन प्रमुख दिपा श्रेष्ठले हस्तान्तरण कदरपत्र हस्तान्तरण गरेकी थिइन् ।’ भने हस्तान्तरण कदरपत्र बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैजनाथ वडा न ५ का वडा अध्यक्ष मन बहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।परियोजनाले बनकटुवा प्राथमिक स्वास्थ्य चौकीको १ कोठा मर्मत शौचालय निमार्ण विद्युत वारिङ, रङरोगन ,सोलार प्यानल जडान वाल टायल सेप्ठी टायल जस्ता काम सम्पन्न गरिएको छ ।

नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना र बैजनाथ गाउँपालिकाको कूल ७२ लाख २२ हजार ४ सय ४६ रुपैया भ्याट सहित रकम खर्च गरिएको छ । भंवर भवानी निमार्ण सेवा राप्ती सोनारीले परियोजनामा स्तरोन्नती निमार्ण कार्य गरेको थियो ।

 

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech