बाँके\ सारकै सबभन्दा वृद्धा महिला भनी दाबी गरिएकी चीनकी महिलाको १३५ वर्ष उमेरमा मृत्यु भएको छ ।
चीनको सिन्च्याङ वीगर स्वायत्त क्षेत्रको शुल काउन्टीकी अलिमिहान सेइती नामक ती वृद्धाको मृत्यु गत बिहीवार भएको हो ।
काउन्टीको प्रचारप्रसार विभागका अनुसार, सेइतीको जन्म छिङ राजवंशको समयमा सन् १८८६ को जुन २५ मा भएको हो ।
यो साँचो हो भने उनी सर्वाधिक वृद्धा हुन् । तर उनको उमेरलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।
उनको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा भएको थियो । उनको सन्तान नभएपछि एक छोरा र एक छोरीलाई धर्मसन्तान बनाएकी थिइन् । अहिले उनका ४३ नातिनातिना र पनातिपनातिना छन् ।
चाइना एसोसिएसन अफ जेरोन्टोलोजी यान्ड जेरियाट्रिक्सले सन् २०१३ मा उनलाई देशकी सबभन्दा वृद्धा महिला घोषणा गरेको थियो ।
ती महिलाले सरल जीवन बिताउने गरेकी थिइन् । उनी सधैं समयमा खाना खान्थिन् र बगैंचामा घाम तापेर बस्थिन् । पनातिहरूलाई पनि उनी हेरविचार गर्थिन् । एजेन्सी