११ श्रावण २०८१, शुक्रबार

बैजनाथमा अठार विपन्न परिवारलाई खाद्यन सहयोग
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न १ का अठार विपन्न परिवारलाई खाद्यन सहयोग गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत संरक्षण साझेदार  संस्था प्राणीशास्त्र समाज लन्डन (ZSL)कार्यक्रम अन्तगत सहयोग गरिएको हो ।

उनीहरुलाई सहयोग स्वरुप १ बोरा चामल ,५ केजि पिठो,५ किलो दाल, १ पोका नुन ,१ लि तेल उपलब्ध गराइएको हो ।

सहयोग पाउनेमा बैजनाथ गाउँपालिका वडा न १ स्थित सल्यानी टोलका अठार जना परिवार छन।

वडाको सिफारिसमा उनीहरुलाई राहत स्वरुप खाद्यन उपलब्ध गराइएको हो । राहत हस्तान्तरण कार्यक्रममा साझेदार संस्था, वडा अध्यक्ष बाँके राष्ट्रिय निकुञ्ज संरक्षणकर्ता  पत्रकार लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech