११ श्रावण २०८१, शुक्रबार

कोरोनाबाट खजुराका ८८ वर्षीय पुरुषको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा वडा नं. ७ का ८८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ३० गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

रोगको प्रकृतिअनुसार औषधोपचार गर्दासमेत स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिवार विहान मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा ४६ जनाको मृत्यु भइसकेको छ ।

  • १८ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech