१६ चैत्र २०८०, शुक्रबार

सशस्त्र प्रहरीद्वारा लाखौंको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भारतीय सीमा जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । भारतबाट भित्रीदै गरेका २ लाख ४२ हजार १ सय रुपैयाँ बराबरका अवैध सामाग्रीसहित २ वटा मोटरसाइकल बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले सोमवार बिहान ४ बजे नेपालगञ्ज १५ पिप्रहवास्थित सीमा नाकाबाट लाखौं रुपैयाँका अवैध सामग्री बरामद गरेको हो ।

सहयाक निरीक्षक थारुको टालीले एउटा मोटरसाइकलसहित १ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरका इलेक्ट्रिकल सामग्री बरामद गरेको बताइएको छ । सशस्त्र प्रहरी बाँकेका अनुसार बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामग्री भित्र्याउँदै गर्दा उक्त सामग्री बरामद गरिएको हो । सशस्त्र प्रहरीले अहिले सानोतिनो सामानसमेत बरामद गर्दै आएको छ ।

यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टले चेकजाँचका क्रममा भारतबाट ल्याउँदै गरिएका बिना भन्सारका जुत्ता र ब्ल्याकेंटसहित एउटा मोटरसाइकलसमेत बरामद गरेको छ । चौलिका चेक पोस्टले सोमवार विहान बरामद गरेको सामग्रीको मूल्य १ लाख १० हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका सबै अवैध सामानलाई आवश्यक कारबाहीका लागि सोमवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले अवैध सामग्री ओसारपसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने सानोतिनो सामग्रीसमेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले अवैधरुपमा भित्र्याइएको सामान बरामद गर्दै आएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech