१३ बैशाख २०८१, बिहीबार

निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै
  • न्युज मानसराेवर

काठमाडौं– निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि दलका प्रतिनिधिलाई बोलाएको छ। छलफलका लागि आयोगमा दलका प्रतिनिधि आउने क्रम जारी रहेको आयोगले जनाएको छ।

आयोगले आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा छलफलका लागि दलका प्रतिनिधिलाई आइतबार आयोगमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

छलफलका लागि आयोगले राजनीतिक दलबाट दुई–दुई जना प्रतिनिधि पठाइदिन पत्र पठाएको थियो।

प्रतिनिधि सभा विघटनको घोषणासँगै राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति तोकेकी छिन्। निर्वाचनको मिति घोषणा भएसँगै आयोगले काम अगाडि बढाएको छ। नेपाल लाइभ

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech