१३ बैशाख २०८१, बिहीबार

विभिन्न अपराधमा संलग्नहरु प्रहरीद्वारा सार्वजनिक
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । बाँके प्रहरीले सोमवार आफ्नै कार्यालय परिसरमा पत्रकार सम्मेलन गरि उनिहरुलाई सार्वजनिक गरेको हो ।

बाँके प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १, कुसुमबाट सल्यानका तीन जनालाई दुई थान चितुवाको छालासहित बाँके प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

दुई थान चितुवाको छालासहित पक्राउ पर्नेमा सल्यानका जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसी रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताएका छन् । जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेको र सो छाला नेपालगञ्जमा बेच्न आउदा उनीहरुलाई पक्राउ परेको एसपी रानाले बताए ।

प्रहरीले दश लाख रुपैया भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट हिड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरेको हो । खान नेपालमा पितलको धुलो खरिद गर्न आएको बुझिएको छ ।

यस्तै बाँके प्रहरीले एक लाख पचास हजार एक सय ६५ रुपैयासहित नौ जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ बौद्व टोल स्थित भट्टु मियाको घरमा जुवा खेलिरहेका ९ जनालाई नगद १ लाख ५० हजार १ सय ६५ रुपैया र ६ गड्डी तास सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयलले जानकारी दिएको छ ।

यस्तै सोमबार विहान अवैधरुपमा आयात गरीएका २ सय वटा ब्रोईलर कुखुरा बरामद गरेको छ । अन्दाजि ९ सय किलोग्रामका कुखुरा सहित ४ जनालाई पक्राउ गरेको हो ।

नरैनापुरका मुवारक खाँ, भारत बरदौरियाका रवि गुप्ता, सददाम खाँ र मुनु गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि पशुपंक्षि क्वारेक्टाईन कार्यालय नेपालगन्ज बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech