१३ बैशाख २०८१, बिहीबार

चार छोराछोरीसहित आमाले कर्णाली नदीमा हाम फालिन्
  • न्युज मानसराेवर

सुर्खेत – दैलेख आठबीस नगरपालिका–३, निमायलकी एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन्।

दुई छोरी मृत अवस्थामा हात बाँधेको अवस्थामा फेला परेकी छन् भने तीनजना बेपत्ता छन्।

सोमबार साँझ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ नजिकै दुई बहिनीको शव हात बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

मृत फेला पर्ने आठवीस नगरपालिका–३, निमायलका स्थानीय मानसिंह बडुवालका १६ वर्षीया छोरी कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवाल रहेको प्रहरीले बताएको छ।

तीन छोरी र एक छोरासहित आमाले कर्णालीमा हाम फालेको थाहा पाएपछि अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले बताए।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech