१२ बैशाख २०८१, बुधबार

११ वर्षको उमेरमा मेरो विवाह भएको थियो !

आर्थिक वर्ष २०७६।०७७ मा  स्थानीय  किसोरीहरु  क्लब  तथा  जनप्रतिनिधिले  बैजनाथ गाउँपालिकामा ३२ वटा बाल विवाह रोग्न सफल भएका थिए । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  ‘मेरो ११ वर्षको उमेरमा विवाह भएको थियो वाल विवाहले मेरो पहिलो श्रीमतिको मृत्यु हुन गयो आज म स्थानीय निकायको जनप्रतिनिधि हुँ । हाम्रो थारु समुदायमा वाल विवाह झनै जटिल छ तर विस्तारै न्यूनिकरण हुदै आएको छ ।

बाल विवाह रोकथाम परियोजना सञ्चालनले थप बाल विवाह न्यूनिकरणमा टेवा पुगेको छ ।

मेरो वडा मा मात्र ४ वटा बाल विवाह रोगथाम गरेका छौँ । अब विस्तारै बाल विवाह गर्ने वा गराउने हरुलाई नेपालको मुलुकी एन सम्बन्धि कानूनी कारवाही  लाइ शशक्त  रुपमा कायान्वय गर्ने गरेका छौँ ।’

यो भनाइ बैजनाथ गाउँपाकिला वडा न ३ का वडा अध्यक्ष राम चरण थारुको हो । बाल विवाह रोकथाम परियोजनाले बैजनाथमा ३ दिने कार्यशाला गोष्ठिको सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०७६।०७७ मा  स्थानीय  किसोरीहरु  क्लब  तथा  जनप्रतिनिधिले  बैजनाथ गाउँपालिकामा ३२ वटा बाल विवाह रोग्न सफल भएका थिए ।

बाँके जिल्लामा रहेका सबै स्थानीय निकायमा हाल  ४ सय भन्दा माथीको संख्यामा किसोरीहरु  क्लबमा आवद्ध भइ बाल विवाह रोगथाम सक्रिय भूमिका खेलिरहेका छन् । प्लान नेपालको साझेदारीमा मुख्य रुपमा बाल विवाह रोगथाम परियोजना जिल्लामा सञ्चालन छ ।

 

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech