११ बैशाख २०८१, मंगलवार

स्वास्थ्यकर्मीमा कोरोना भएपछि सुशील कोइराला क्यान्सर अस्पताल बन्द
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि  भएपछि उपचार सेवा बन्द गरिएको छ।

कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि  इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउँन चाहन्छौं।’

वैशाख १२ गतेदेखि १८ गतेसम्म इमरजेन्सीबाहेकका सेवा दिन सकिने नरहेको अस्पतालले जनाएको छ।  केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech