८ बैशाख २०८१, शनिबार

नाबालकसहित बाँकेमा एकैदिन ३४५ ले जिते कोरोना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोनाको कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हँदै घर फर्किरहेका छन ।

आईतबार समेत कोरोनामुक्त हुँदै बाँकेमा ३४५ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा १ वर्षिय नाबालक देखि ७० वर्षिया बृद्धा समेत रहेका छन । यसअघि शनिबार १११ वर्षिया बृद्धाले समेत कोरोनालाई परास्त गर्दै पूर्ण रुपमा स्वास्थ भएर घर फर्किएकी थिईन ।

बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १५५ महिला तथा १९० पुरुष कोरोनामुक्त भएका हुन । उनिहरुलाई आईत्बार डिस्चार्ज गरेर घर पठाईएको ओलीले जानकारी दिए ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech