७ बैशाख २०८१, शुक्रबार

बाँकेमा २७ गतेसम्म निषेधाज्ञा थप
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । कोभिडको अवस्थालाई गम्भीरतापूवर्क लिँदै संक्रमण फैलावटको सांङ्गलो तोडन सोमबार रातीसम्म जारी रहेको निषेधाज्ञालाई थप एक साताका लागि बढाइएको छ ।

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिन प्रतिदिन संक्रमितहरुको संख्या बढि रहेको अवस्थालाई बिश्लेषण गर्दै बैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार यसअघिका निर्णय अनुसार अहिले पनि अत्यावश्यक कार्यहरु गर्न पाईने साथै सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्न आग्रह गरिएको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech