१५ चैत्र २०८०, बिहीबार

बाँकेमा आज ५ सय ८ जना संक्रमित डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज बाँकेमा ५ सय ८ जना कोरना संक्रमित डिस्चार्ज भएर घर फिर्ता भएका छन् ।

कोरोना संक्रमण दर बढ्दै जाँदा उपचार पछि निको भएर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको हो ।   बिहीबार ५ सय ८ जना संक्रमित निको भएर घर फर्केका हुन् ।    दुई सय ४१ महिला र २ सय ६७ जना पुरुषले कोरोनाबाट मुक्त भएका हुन् ।

यसै गरी  बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ५९ जना कोरोना संक्रमित रहेका छन् । भेन्टिलेटरमा १० जना बिरामी छन् ।

बिहीबार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा २ सय ७३ जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा र बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको हो ।

सबैभन्दा धेरै जनाको स्वाब परीक्षण हुने गरेको भेरी अस्पतालको बिहीबार रिपोर्ट बाहिर आइसकेको छैन ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech